चम्किलो गुलाबी जम्पसूटमा कियाराको ग्ल्यामरस स्टाइल (तस्बिरमा हेर्नुहोस्)

डिसी नेपाल
२१ फागुन २०७९ ११:१९
348
Shares

काठमाडौँ। नवबहुली कियारा आडवाणी बिहे भएको केही दिनमै काममा फर्किएकी छन्। बिहेदेखि नै कियाराले आफ्नो सुन्दर लुकले फ्यानहरूलाई प्रभावित गरिरहेकी छिन्।

कियाराले अहिले चम्किलो गुलाबी रंगको जम्पसूटमा आफ्नो सिजलिङ तस्बिर सेयर गरेकी छिन्, जसलाई देखेर फ्यानको मुटुको धड्कन बढेको छ। कियाराले गुलाबी जम्पसूटमा आफ्ना धेरै किलर तस्विरहरू सेयर गरेकी छिन्। तस्विरमा कियाराको सुपर ग्ल्यामरस स्टाइल देख्न सकिन्छ।

कियाराले चम्किलो गुलाबी रंगको जम्पसूटमा बोल्ड आँखा मेकअप गरेकी छिन्। पिंक ब्लशर र न्युड लिपमा कियाराको स्टाइल हेर्न लायकको छ। कियाराले खुला घुमाउरो कपालको साथ आफ्नो लुकलाई पुरा गरेकी छन्। कियाराले ब्याकलेस पिंक जम्पसूटमा चाँदीको जुत्ता लागेकी छन्।

अभिनेत्री कियाराको एक्सप्रेशन, उनको लुक्स र स्टाइललाई लिएर फ्यानहरु फिदा भएका छन्। उनले यो तस्बिरहरु पोस्ट गर्दै क्याप्सन लेखेकी छिन्– आज म पिंक फिल गरिरहेकी छु। कियाराका यी तस्बिरहरूमा अभिनेत्रीका पति सिद्धार्थ मल्होत्राले प्रेमको वर्षा गर्दै कमेन्ट गरेका छन्- मलाई पनि गुलाबी रंग देऊ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *