सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने नागरिक उन्मुक्तिको निर्णय

डिसी नेपाल
२१ फागुन २०७९ १४:०६

धनगढी । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रदेशसभामा आइतबार मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै छन् । कांग्रेस संसदीय दलको नेतासमेत रहेका शाहलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएको हो ।

शाहलाई नागरिक उन्मुक्तिसहित माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ । केन्द्रको राजनीतिक समीकरणले प्रदेशसमा पनि प्रभाव परेको हो । जसकारण मुख्यमन्त्री शाहले आइतबार विश्वासको मत पाउने सम्भावना बलियो छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *