सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

डिसी नेपाल
२१ फागुन २०७९ १६:०८
168
Shares

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएका छन्।

५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहले ४१ मत पाएका छन् भने विपक्षमा ११ मत खसेको छ। शाह माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका हुन्।

शाहलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्। विश्वासको मतका विपक्षमा एमाले र राप्रपाका सांसद रहे। प्रदेशसभामा सभामुखबाहेक ५२ सदस्य रहेका छन्।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल बहुमत जुटाउन नसकेर पदमुक्त भएपछि उपधारा (३) बमोजिम ठूलो दलको संसदीय दलका नेताको हैसियतले शाह मुख्यमन्त्री बनेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *