राष्ट्रलाई अगाडि बढाउन श्रमको सम्मान गर्नुपर्छः रामचन्द्र पौडेल

डिसी नेपाल
२१ फागुन २०७९ २२:०९
44
Shares

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई अगाडि बढाउन श्रमको सम्मान गर्नुपर्ने बताएका छन्।

नेपाल ट्रेड युनियन कांग्रेसको ७७औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताएका हुन्।

“गाउँघरका खेतबारी बाँझो राखेर खानेकुरा विदेशबाट आयात गरेर खाइराखेको अवस्थामा श्रम गरे उक्त अवस्थाको अन्त्य हुन्छ”, उनले भने।

नेता पौडेलले आफ्नो भूमिमा पाखुरा बजार्नु नै राष्ट्रियता र देशभक्ति भएको उल्लेख गरे। उनले श्रम गर्ने जनतालाई राज्यले सम्मान गर्नुपर्ने र श्रम गर्नलाई प्रेरित गर्नुपर्ने बताए।

वरिष्ठ नेता पौडेलले श्रम गरेर बाँच्न सबैलाई आग्रह गरे। श्रम गर्दा शरीर स्वस्थ रहने भन्दै उनले शरीरलाई स्वस्थ बनाइराख्नका लागि श्रम आवश्यक रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *