उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

डिसी नेपाल
२७ फागुन २०७९ ९:२४

काठमाडौं। उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमभा उपराष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल भइरहेको छ। उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ।

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झालगायत आकांक्षी छन्।

खसआर्य समुदायका पुरुष रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकाले निर्वाचभन आयोगले पुरुष र खसआर्य समुदायबाहेकबाट उपराष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने भन्दै अन्यथा मनोनयन दर्ता नगर्ने निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ।

तर जसपाले रामसहायत यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरिसकेको छ। उता जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपछि जारी गठबन्धनको बैठकले उम्मेदवारको टुंगो लगाउने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *