उपराष्ट्रपतिमा जसपाकी प्रमिला कुमारीले पनि दिइन् उम्मेदवारी

डिसी नेपाल
२७ फागुन २०७९ १४:२६

काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका दुई जनाले उम्मेदवारी दिएका छन् । आज शनिबार नयाँ बानेश्वरस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर जसपाका  प्रमिला कुमारी यादवले पनि उम्मेदवारी दिएकी हुन् ।

जसपाकै रामसहायप्रसाद यादवले पनि  उपराष्ट्रपतिमा आज उम्मेदवार दिएका छन् । उम्मेदवारको मनोनयनपत्र दर्ता गरेका दुवै जना जसपाकै हुन् ।

निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिंग वा समूदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ। सोही कारणले जसपाले महिला उम्मेदवार उठाएको बताइएको छ ।

सत्ता गठबन्धनले उपराष्ट्रपतिमा साझा उम्मेदवारमा सहमति जुटाउन नसकेपछि तीन जनाको उम्मेदवारी परेको छ । जसपाका दुई जनाले उम्मेदवारी दिएका छन् भने गठबन्धनकै जनमत पार्टीले ममता झालाई पनि उम्मेदवार बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *