एमालेको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला नियुक्त

डिसी नेपाल
२८ फागुन २०७९ १६:४७

काठमाडौं। नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त भएका छन्।

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतकमा गिरीलाई र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेका हुन्।

गिरी पर्वतबाट निर्वाचित सांसद हुन्। उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका करिब दुई महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए।

बर्तौला मकवानपुर-२ निर्वाचित सांसद हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *