इसेवा मनि ट्रान्स्फरको बम्पर उपहारमा प्राप्त हुने घर सार्वजनिक
काठमाडौँ। विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिटेन्स भित्राउँदै आएको इसेवा मनि ट्रान्स्फरले हाल सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई प्रदान गरिने घर सार्वजनिक गरेको छ।
इसेवाले ६ महिना अघि ‘मेरो डिजिटल देश’ अभियान सुरुवात गरेको हो। यस अभियानमा इसेवा मनि ट्रान्स्फर मार्फत रेमिटेन्स पठाउने एक जना सेवाग्राहीले काठमाडौंमा घर जित्न सक्नेछन्।
कम्पनीले हालै मात्र यस अभियानमा विजेता बन्ने सेवाग्राहीलाई महानुभावलाई प्रदान गर्ने घर सार्वजिनक गरेको हो। ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर कम्पनीले बम्पर उपहार स्वरुप प्रदान गर्नेछ।
साथै सेवाग्राहीहरुको उत्साह एवं सहभागितालाई मध्यनजर गर्दै कम्पनीले यो योजना २ महिनाको लागि थप गरी २०८० साल जेठ ६ गतेसम्म सञ्चालन गर्ने निर्णय पनि गरेको छ। सेवाग्राहीहरू यस अबधिमा इसेवा मनि ट्रान्स्फरमार्फत रकम पठाउँदा बम्पर योजनामा स्वतः सहभागी हुनेछन्।
घर सार्वजनिक तथा दुई महिना अभियान थप गरिएको विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने,‘विदेशमा रहनु भएका नेपालीहरुको उत्साहजनक सहभागिता एवं सेवाग्राहीहरुलाई बम्पर उपहार जित्ने अझ धेरै मौका प्रदान गर्नको लागि यो योजना २ महिना थप गरिएको छ। यस योजनामा आम नेपालीको उत्साहजनक सहभागीताका साथै उहाँहरुले अभियान केही थप गर्नका लागि गर्नुभएको अनुरोधलाई मध्यनजर गर्दै यस योजनाको अवधी थप गरिएको हो। साथै यसबाट धेरै भन्दा धेरै नेपालीहरु काठमाडौंमा घर जित्ने मौकामा सहभागी समेत हुन सक्नुहोस् भन्ने् हाम्रो कामना छ।’ बम्पर उपहारको छनौट प्रक्रिया २०८० साल जेठ १२ गते गरिने कम्पनीको भनाई छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment