६ वर्षदेखि साङ्लोमा बाँधेर रााखिएका युवकको गरियो उद्धार

डिसी नेपाल
४ चैत २०७९ १८:२६

उदयपुर। उपचार खर्चको अभावको कारण बिगत ६ वर्षदेखि साङ्लोमा बाधेर रााखिएका उदयपुरका एक युवकको त्रियुगा नगरपालिकाले उद्धार गरेको छ।

त्रियुगा नगरपालिका वडा नं. ६, लालपत्ताका मानसिक विरामी २१ वर्षीय राम बहादुर परियारलाई त्रियुगा नगरपालिकाले उद्दार गरेर उपचार गर्न हेटौडा पठाएको हो।

त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई र समाजसेवी भागवत राउतको नेतृत्वमा विरामीको उद्दार गरि उपचारार्थ हेटौडा स्थित मानव सेवा आश्रम पठाएको छ।

रामको मानसिक सन्तुलन गुमेपछि दिदी हस्तमाया बि.क.को घरमा साङ्ग्लोले बाधेर बस्न बाध्य थिए।

त्रियुगा नगरपालिकाले बिरामीलाई मानव सेवा आश्रम हेटौडा पुयाउन सवारी साधनको व्यवस्था गर्नुको साथै मानव सेवा आश्रममा सहजिकरण गरेर उपचारमा सहयोग गर्ने व्यवस्था मिलाईएको नगरपालिकाका उपप्रमुख महेश्वरी राईले जानकारी दिए।

त्रियुगा नगरपालिका भित्र कोही पनि मानसिक विरामी उपचार अभावमा बस्नु नपरोस भनेर नगरपालिकाले विरामीहरुको तथ्यांक संकलन गरेर नियमित उद्दार गर्ने कार्ययोजना बनाएको त्रियुगा नगरपालिकाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *