ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन

डिसी नेपाल
८ चैत २०७९ १३:२१

सुर्खेत। भेरी करिडोरका आधा दर्जन पुलको ठेक्का लिएर अलपत्र पारिएको छ। क्याराभान कन्स्ट्रक्सनले जाजरकोट –डोल्पा सडकखण्डभित्र पर्ने भेरी नदीमा आधा दर्जन पुलहरु क्याराभान कन्स्ट्रक्सनका चन्द्र थकालीले लिएर अलपत्र पारेका हुन्।

सडक विभागको पुल महाशाखाबाट ३६ महिना भित्र निर्माण गर्ने गरि भएका बोलपत्र गरिएको थियो। ठेक्का लिएको एक वर्ष बित्दा सम्मा काम नै सुरु गरिएको छैन। नलगाड नगरपालिकाको ताँसुगाड पुल, मैदेखोला, झुम्रेखोला र नलगाड नदीमा क्याराभान कन्स्ट्रक्सनले पुल निर्माण नगरेको हो।

जाजरकोट डोल्पा र रुकुम पश्चिमको बीचमा रहेको त्रिबेणी स्थित भेरी नदिमो पुल समेत क्याराभान कन्स्ट्रक्सनलले लिएर ठेक्का बिक्री गरेको छ। दुई वर्ष सम्म ठेक्का होल्ड गरेर क्याराभान कन्स्ट्रक्सनले रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई बिक्री गरेको छ।

जगदुल्ला हाइड्राेपावर कम्पनी लिमिटेडले खोलेको १५ करोडको ठेक्का क्याराभान कन्स्ट्रक्सनले १४ करोड १७ लाखमा रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई बिक्री गरेको थियो। सडक डिभिजन चौरजहारीलाई जिम्मेवारी नदिएर काठमाडौँबाटै खोलिएका यि ठेक्काहरु अहिले वर्ष दिन देखि अलपत्र परेका छन्।

डिजाइन स्टामेट मन्त्रालयमा असोज देखि थन्किएको छ। क्याराभान कन्स्ट्रक्सनका प्रमुख चन्द्र थकालीले डिजाइन स्टामेट पास गर्न पुल महाशाखालाई ताकेता गरेर फिल्डमा आएर तत्काल काम गर्नुको साट्टो चुप लागेर बसेको आरोप लाग्दै आएको छ।

अहिले केही  भेरी नदिका केही ठाउँमा कम भार बहन क्षमताका बेलिब्रज पुलहरु निर्माण गरेर यातायातका साधनहरु सञ्चालन भइरहेका छन्। त्यस्तै जाजरकोटको तल्लुबगर , डोल्पाको खदाङ र छलगाडमा समेत पक्की पुलको बोलपत्र भएर वाइपी एमआर जेभीले चितवनले ठेक्का पाएको थियो। २६ माघ २०७९ पुल महाशाखामा सम्झौता भइसकेको छ । सडक विभागको पुल महाशाखामा सम्झौता भएर अहिले डिजाइन स्टाम्याटको काम भइरहेको छ।

यो कामको अनुगमण तथा मूल्याकंनको काम  पुल सेक्टर सुर्खेतले हुर्दै आएको छ। ६ महिना भित्र डिजाइन गरिसकेर पुलको भौतिक तर्फको काम सुरु गर्नुपर्ने रहेको छ। त्यस्तै डोल्पाको छलगाडमा समेत पक्की पुुल निर्माणका लागि ठेक्का भइसकेको छ।

भेरी करिडोरअन्तर्गत जाजरकोटको पासागाड देखि डोल्पाको मरिमसम्म २३१.५ किलोमिटर लम्वाइ रहेको छ। भेरी करिडोरको जम्म लम्वाई ३१० किलोमिटर रहको छ । अहिले पासागाड –रिम्ना हुँदै तल्लु बगरसम्म पिचको काम सुरु भएको छ। यो सडक खण्डमा तोकिएको समयमा पुल निर्माणको काम नहुँदा वर्षेनी सास्ती हुँदै आएको छ।

अहिले एकाध ठाउँमा बेलिब्रिज बाट भेरी नदीमा पुल निर्माण भएपछि कम भारबहन क्षमता भएका ट्रकहरु डोल्पाको सदरमुकाम दुनै पुग्ने गरेका छन्। सडक डिभिजन चौरजहारीले यस सडक खण्डमा पिचको काम गर्दै आएको छ। यति बिल्ड्रसले पिचको ठेक्का लिएको छ। ठूला भारबहन क्षमता भएका सवारीसाधन तथा बसहरू सञ्चालन हुनका लागि यससडक खण्डमा पक्की पुल निर्माण हुनु जरुरी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *