आफूलाई दुई वर्षको जेल सजाय सुनाइएपछि राहुल गान्धीले के भने ?

डिसी नेपाल
९ चैत २०७९ १४:२४

काठमाडौं । आपराधिक मानहानि मुद्दामा सुरतको तल्लो अदालतको फैसलापछि कांग्रेस नेता राहुल गान्धीले पहिलो प्रतिक्रिया दिएका छन् । उनले ट्विटरमा महात्मा गान्धीको उद्धरण लेखेका छन्।

राहुल गान्धीले लेखेका छन्, “मेरो धर्म सत्य र अहिंसामा आधारित छ। सत्य मेरो ईश्वर हो, अहिंसा त्यसलाई प्राप्त गर्ने माध्यम हो। – महात्मा गान्धी।”

सुरतको अदालतले उनलाई यस मामिलामा दुई वर्षको जेल सजाय सुनाएको छ ।

यद्यपि अदालतले राहुल गान्धीलाई जमानत पनि दिएको छ ।

यस्तो अवस्थामा राहुल गान्धीसँग अपिल गर्न ३० दिनको समय छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *