अमेरिकामा केसी डान्स सेन्टरको पाँचौं वार्षिकोत्सव सम्पन्न

डिसी नेपाल
१० चैत २०७९ १०:४७

अमेरिका। अमेरिकाको स्प्रिंगफिल्ड, भर्जिनियामा रहेको केसी डान्स सेन्टरको पाँचौ वार्षिकोत्सव कार्यक्रम संम्पन्न भएको छ। वरिष्ठ साहित्यकार कृष्ण धारावासीले शनिबार पानसमा बत्ती बालेर पाँचौ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गरेका हुन्।

उनले वार्षिकोत्सव उद्घाटन गर्दै डान्स सेन्टरमा प्रशिक्षण लिइरहेका बालबालिकाहरुलाई सिर्जनात्मक क्षमताको विककासका लागि ज्ञावद्र्धक विषयहरु राखेका थिए । सो कार्यक्रममा अभिभावकहरुको तर्फबाट प्रवीन केसी र कलाकार सारंगा श्रेष्ठले आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रममा केसी डान्स सेन्टरले नेपाली समुदाय र केसी डान्स सेन्टरको हर क्रियाकलापमा बिशेष योगदान पुर्याएका यमन श्रेष्ठ र दिपक शर्मालाई ट्रफी, प्रमाणपत्र र खादाले सम्मान गरिएको थियो । यस्तै सम्झना पराजुली खतिवडालाई प्रमाणपत्र र खादा ओढाई कार्यक्रमका प्रमुख अतिथि धारावासीले सम्मान गरेका थिए ।

कार्यक्रममा बसन्त श्रेष्ठ , खिलेन्द्र न्यौपाने , डेविड कोईराला, मेदिनी अधिकारी, गोविन्द गिरी “प्रेरणा“, ददी ढुंगाना, श्याम बजिमाया, बिष्णु खरेल, बासु सत्याल, राम मिश्र, अभिनेत्री सारंगा श्रेष्ठ र मोडल रीमा केसी वलगायतको कार्यक्रममा उपस्थित भएर डान्स सेन्टरमा प्रशिक्षण लिइरहेका बालबालिकाहरुको हौसला बढाईदिएका थिए ।

डान्स सेन्टरका दोश्रो ब्याचचका प्रशिक्षणार्थीहरु रीया श्रेष्ठ, आयूषा ढकाल र रोमा भण्डारीको उपस्थितिले सबैलाई हौसला प्रदान गरेको उक्त कार्यक्रममा प्रशिक्षणरत बालबालिकाहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

पाचौ वार्षिकोत्सवको अवसरमा डान्स सेन्टरले प्रत्येक बर्ष मनाउँदै आएको विशुद्व मनोरंजनात्मक सांस्कृतिक कार्यक्रम “कलिवुड नाईट २०२३” को घोषणा गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *