बायोग्राफी लेख्दै महावीर पुन
काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन यतिबेला बायोग्राफी लेख्न व्यस्त छन्। उनी बायोग्राफीबाट प्राप्त पैसालाई आविष्कार केन्द्रमै खर्च गर्नका लागि बायोग्राफी लेख्न व्यस्त भएका हुन्।
उनले आफूले बायोग्राफी लेख्ने भन्ने कहिल्यै नसोचेको बताए। ‘मैले मेरो जीवनी लेख्ने सोचेकै पनि थिइनँ। मेरो बायोग्राफी लेख्नका लागि कति मान्छेहरु मलाई नसोधी भेट्न आए। मैले त्यो बेला मेरो जीवनी नलेख्नु, मलाई चाहिँदैन नै भनिदिएँ’, महावीरले भने, ‘अहिले आएर केन्द्रका लागि दुई चार पैसा आउँछ भने किन नलेख्ने भनेर केही समययता दैनिक रुपमा बायोग्राफी लेखिरहेको छु। बायोग्राफी आविष्कार केन्द्रप्रति समर्पित हुनेछ।’
उनले कुनै कार्यक्रममा जानै पर्ने अवस्था आएमा मात्र आफू पुग्ने गरेको र त्यो बाहेकको समय बायोग्राफीमै दिएको बताए। उनका अनुसार तीन महिनाभित्र उनको बायोग्राफी पाठकले पढ्न पाउनेछन्। कुनै प्रकाशन गृहबाट बायोग्राफी बजारमा आउँछ भन्ने निश्चित नभइसकेको उनले खुलाए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment