उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियालाई पानीमुनि ड्रोन आक्रमण गर्ने चेतावनी दियो

डिसी नेपाल
११ चैत २०७९ १०:३१
312
Shares

काठमाडौं । उत्तर कोरियाले पानीमुनि ड्रोन आक्रमणको परीक्षण गरेको दाबी गरेको छ । यो अमेरिका र दक्षिण कोरियाको पछिल्लो सैन्य अभ्यास रोक्न उत्तर कोरियाको पछिल्लो चेतावनी हो ।

उत्तर कोरियाको आधिकारिक मिडियाले आणविक वारहेडले सुसज्जित ड्रोनले शत्रुलाई नष्ट गर्ने बताएको छ।

यसै सन्दर्भमा उत्तर कोरियाली नेता किम जोङ उनको तस्विर पनि सार्वजनिक गरिएको थियो, जसमा उनी ‘टर्पेडो’ जस्तो देखिएका छन् ।

दक्षिण कोरिया र अमेरिकाले महत्वाकांक्षी अभ्यास गरिरहेका छन् । विगतका वर्षहरूमा दुवै देशले यति ठूलो परिमाणमा यस्तो युद्धाभ्यास नगरेको बताइएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले उत्तर कोरियाले आफ्नो लापरवाह उक्साहटको मूल्य चुकाउनु पर्ने वाचा गरेका छन् ।

उनले उत्तर कोरियाले लगातार आफ्नो आणविक हतियार क्षमताको विकास गरिरहेको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *