सांसद पद गएपछि पत्रकार सम्मेलन गरेर राहुल गान्धीले के भने ?
काठमाडौं । कांग्रेस नेता राहुल गान्धीलाई मोदी थर मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएपछि सभामुख ओम बिरलाले शुक्रबार संसदबाट अयोग्य घोषित गरेका छन्। उनलाई सुरत सत्र अदालतले दोषी ठहर गरेको हो ।
तर, उनीसँग उच्च अदालतमा पुनरावेदन गर्ने विकल्प बाँकी छ । यहाँ, राहुल विरुद्धको यो कारबाहीमा कांग्रेसले भन्यो कि यसले भारतीय लोकतन्त्रको अवस्थाको बारेमा विश्वलाई धेरै नराम्रो संकेत दिइरहेको छ।
अर्कोतर्फ, राहुल गान्धीले आज कांग्रेस मुख्यालयमा पत्रकार सम्मेलन गरेका छन्। राहुल गान्धीले पत्रकार सम्मेलनमा भने, ‘मैले संसदमा यो प्रश्न सोधेँ कि अडानीजीको शेल कम्पनीमा कसैले २० हजार करोड लगानी गरेको छ । यो रकम कसको हो। मैले संसदमा भनेँ कि पीएम मोदी र अडानीबीच कस्तो सम्बन्ध छ । मिडिया रिपोर्टहरू उद्धृत गर्दै मैले उनीहरूलाई प्रमाण पनि दिएँ।’
राहुल गान्धीले भने– देशमा लोकतन्त्रमाथि हमला भइरहेको छ । संसदमा मेरो विरुद्धमा मन्त्रीहरूले झुटो बोलेका छन् । मेरो भाषण संसदबाट हटाइयो। उनले भने- म प्रश्न गर्न छोड्दिन। म डराएको छैन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment