अलग्गै खलिस्तान देश बनाउन खोज्ने अमृतपाल नेपाल पस्ने आशंका ! सिमानामा भारतीय सुरक्षा अलर्ट

डिसी नेपाल
११ चैत २०७९ १६:५०
5.2k
Shares

काठमाडौं । भारतले खालिस्तान नामक अलग्गै मुलुक बनाउने अभियान चलाइरहेका अमृतपाल सिंह नेपाल पस्ने आशंका गरेको छ ।

पछिल्लो दिनमा लन्डन र सन फ्रान्सिसको लगायत भारतमा समेत खलिस्तान पक्षधरको प्रदर्शन सुरु भएपछि भारतीय प्रहरीले खोजिरहेका अमृतपाल सिंह नेपाल पस्ने आशंकमा सिमाना सुरक्षा अलर्ट गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

वारिस दे पञ्जाब नामक संगठनका प्रमुख सिंह उत्तराखण्ड पुगेको खबर पत्ता लगाएको भारतीय सुरक्षा अधिकारीले उनी सोही क्षेत्रवाट नेपाल पस्ने सक्ने आशंकमा पश्चिम नेपालतर्फका सिमानामा उच्च सतर्कता अपनाएको हो। भारतीय सुरक्षा स्रोतलाई उद्यृत गर्दै भारतीय सञ्चार माध्यमले जनाए अनुसार उत्तराखण्डबाट नेपालभित्र पस्न सक्ने आशंकामा नेपाल–भारत सीमामा यतिखेर अलर्ट जारी गरिएको छ  भने पछिल्ला दिनमा शंका लागेका मुख्यतः शिख समुदायका मानिसहरुलाई भारतीय प्रहरीले सोधपुछ गर्ने क्रम पनि बढाईएको छ ।

अमृतपाल सिंह सम्पर्क बिहिन भएपनि खलिस्तान समर्थकहरुलाई भने भारतीय प्रहरीले देशैभरीवाट धमाधम पक्राउ गरिरहेको छ भने हिंसा भडकने सक्ने भन्दै भारत सरकारले पञ्जाब राज्य सिमा भित्र केही दिन इन्टनेटसमेत पनि अवरुद्ध गरेको थियो ।

अमृतसरमा रहेको अजनाला प्रहरी कार्यालयमा अमृतपालको समुहले आक्रमण गरी आफ्नो सहयोगीलाई हिरासतबाट छुटाएपछि प्रहरीले अमृतपाल विरुद्ध कारवाही सुरु गरेको हो । प्रहरीले उनी माथी लूकआउट नोटिस तथा विना धरौटीको पक्राउ पुर्जी जारी गरेको छ ।

उता, अमृतपाल माथी धरपकड हुने थाले पछि पश्चिमा मुलुकमा रहेका खलिस्तान समर्थकहरुले भारतीय नियोगमा राखिएका झन्डाहरु निकालेर खलिस्तानी झन्डासमेत राखेका थिए । खलिस्तान समर्थकलाई झन्डा राख्न दिएको भन्दै भारत सरकारले मुख्यतः बेलायत र अमेरिकासँग आपत्ति जनाईसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *