बेलायती गुप्तचर एजेन्सी एमआई ५ का जासूसले ३० वर्षपछि मौनता तोडे
काठमाडौं । उत्तरी आयरल्यान्डमा शान्ति कायम गर्न काम गर्ने बेलायतको गुप्तचर एजेन्सी एमआई५ का एक जासुसले आदेश उल्लङ्घन गर्दै बीबीसीसँग कुरा गरेका छन्।
जासुसले बीबीसीका पिटर टेलरलाई बेलायती सरकारसँगको वार्ता रद्द भएपछि पनि मार्च १९९३ मा आयरिश रिपब्लिकन आर्मी (आईआरए) का नेताहरूसँग भेटेको बताएका छन् ।
इङ्गल्याण्डमा आईआरए बम विष्फोटमा दुई किशोरको मृत्यु भएपछि दुई पक्षबीचको यो वार्ता टुटेको थियो। उनले उक्त भेटमा आफूले भनेका कारणले आइआरए युद्धविराममा सहमत भएको दाबी गरे ।
यही युद्धविरामका कारण प्रक्रिया सुरु भयो, जसका कारण सन् १९९८ को ‘गुड फ्राइडे’ सम्झौता सम्भव भएको थियो । टेलर विगत ३० वर्षदेखि त्यो जासूसको खोजीमा थिए ।
उनले थाहा पाए कि जासुसले आइआरएसँगको भेटमा उनले भनेका कुराहरूको लागि बेलायती सरकारबाट अनुमति लिएका थिएनन् ।
उनका अनुसार जासुसले भने, “एकता नै अन्तिम समाधान हो… यो टापु एकजुट हुनेछ।”
जासुसले यी कुराहरू बीबीसीको वृत्तचित्र ‘द एमआई फाइभ एन्ड द आईआरए: अपरेशन शिफन’ मा भनेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment