सपनाको राजकुमारले धोका दिए, ५६ लाख ठगी, प्रेमीविरुद्ध महिला अदालत पुगिन्

डिसी नेपाल
१२ चैत २०७९ १४:३१

काठमाडौं । ५१ वर्षीया महिलाले आफ्नी प्रेमीले ५६ लाख रुपैयाँ ठगी गरेको आरोप लगाएकी छन् । आमाको क्यान्सरको उपचारको नाममा प्रेमीले आफूसँग पैसा लिएको महिलाको भनाइ छ । पैसा फिर्ता पाउन महिलाले प्रेमीविरुद्ध अदालतमा मुद्दा दायर गरिन् । मामला बेलायतको हो ।

वास्तवमा ५१ वर्षीय एलिसन वुड ४४ वर्षीय उमित सुकुसँग प्रेममा परेकी थिइन् । दुबैको भेट सन् २०१८ मा एउटा पबमा भएको थियो । सुकुलाई भेटेपछि एलिसनले महसुस गरिन् कि उनले आफ्नो सपनाको मान्छे भेट्टाइन् । तर उनी गलत साबित भइन् । पेशेवर बक्सर सुकुले उनीसँग पैसा उठाउन थाले।

हद त तब भयो जब एलिसनले उमित सुकु विवाहित भएको थाहा पाइन् । तर, उनले आफ्नो सम्बन्धविच्छेद भएको बताए । यस्तो अवस्थामा एलिसनको आत्मविश्वास डगमगाउन थाल्यो । तर पनि सुकुको मायाले गर्दा उनलाई पैसा दिन थालिन् । जसको पश्चाताप उनी आजसम्म गरिरहेकी छन् ।

द मिररका अनुसार एक दिन सुकुले आफ्नी आमाको क्यान्सर उपचारको नाममा एलिसनबाट २२ लाख रुपैयाँ लिएका थिए । तर सोध्दा उनले ढिलासुस्ती गर्न थाले । यसबाट दिक्क भएर एलिसनले प्रहरीमा उजुरी दर्ता गराइन् र मुद्दा अदालतसम्म पुग्यो ।

अक्टोबर २०२० मा, अदालतले यस मामिलामा आफ्नो फैसला सुनाउँदै सुकुलाई एलिसनलाई ६ लाख रुपैयाँ फिर्ता गर्न आदेश दिएको थियो। उल्लेखनीय कुरा के छ भने उनले बाँकी रकम यसअघि नै फिर्ता गरिसकेका छन् । यद्यपि एलिसनले उनको पैसा पाइन्, तर यो घटनाले उनलाई भित्रैदेखि हल्लायो ।

सबै कुरा थाहा हुँदाहुँदै पनि अनभिज्ञ रहेर पैसा दिन थालेको उनी बताउँछिन् । किनकी उनी सुकुलाई असाध्यै माया गर्थिन् । उनले भनिन् – म उसको लागि सबै गर्न चाहन्थे। तर, उसले फाइदा मात्र उठायो । यो घटना भएको दुई वर्ष बितिसक्दा पनि उनी अरु कसैसँग नजिक हुन सकेकी छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *