प्रेमिका र श्रीमती भाडामा ! यो व्यवसाय किन फस्टाउँदैछ ?

डिसी नेपाल
१२ चैत २०७९ १६:३४

काठमाडौं । चीनमा तीव्र गतिमा घटिरहेको जनसङ्ख्याले यसलाई ठूलो खतरातर्फ लैजाँदैछ । युवायुवतीहरू विवाह गर्नबाट पन्छिन थालेका छन् । हिम्मतका साथ एक सन्तान नीति लागू गर्ने कम्युनिष्ट सरकारले अहिले तीन सन्तान जन्माउने कुरा गरिरहेको छ ।

यो समस्या समाधान गर्न चिनियाँ परिवारले आफ्ना छोराछोरीलाई विवाह गर्न दबाब दिइरहेका छन् । सरकारले युवायुवतीको लागि ब्लाइन्ड डेट तय गर्दैछ। यी सबैको बीचमा यहाँ नयाँ ‘व्यवसाय’ धमाधम चलिरहेको छ । यसमा मानिसहरूले प्रेमिका र श्रीमतीलाई भाडामा लिइरहेका छन् ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार त्यहाँ यस्ता वेबसाइटहरू छन् जहाँ मानिसहरूले प्रेमिका र श्रीमतीलाई भाडामा लिन दर्ता गरिरहेका छन्। आफूलाई पत्रकार भन्ने नानजिङ नामका एक व्यक्तिले यस्तै एउटा वेबसाइटमा दर्ता गरेका छन् । जहाँ गर्लफ्रेन्ड मात्र नभएर ब्वायफ्रेन्ड पनि भाडामा पाइन्छ ।

एउटी युवतीले चीनको सोशल मिडिया प्लेटफर्म वीच्याटमा नान्जिङलाई सम्पर्क गरिन्। उनले आफू २९ वर्षकी र आफ्नो नाम मुमु रहेको र विश्वविद्यालयबाट स्नातक तह पूरा गरिसकेको बताइन् । मुमुले आफ्नो शुल्क १००० युआन रहेको बताइन् । उनले कुराकानीका लागि थप ५०० युआन र यात्राका लागि ३५० युआन शुल्क लिन्छिन्।

अफिसमा काम गरेर महिनामा ५ हजार युआन कमाउने मुमु बताउँछिन् । तर उनले यो काम फुर्सद वा छुट्टीमा गर्छिन्। विवाहको दबाबबाट बच्न नक्कली श्रीमती बनाएर आमाबुवासँग परिचय गराउने मान्छे पनि भेटिने मुमुले बताइन् ।

त्यसैगरी कतिपयले नक्कली दुलही बनाएर विवाहको प्रमाणपत्र पाउन सकून् भनेर यस्तो कार्य गर्ने गर्छन् । धेरै ग्राहकहरू समलैंगिक छन्। यस्तो अवस्थामा उनलाई धेरै पैसा कमाउने मौका मिल्छ । मुमुले ब्वाईफ्रेन्ड बनाएपछि यो इन्डस्ट्री छोड्ने बताइन् ।

वास्तवमा चिनियाँ युवाको विवाहप्रतिको चाहना घट्दै गएको छ । उनीहरू थप जिम्मेवारी लिनबाट जोगिइरहेका छन् । तर सरकारले विवाहको संख्या बढाउन सबै प्रकारका प्रयास गरिरहेको छ । यसका लागि बिदा पनि दिने गरिन्छ । जबकि आमाबुवाले विवाह गर्न दबाब दिन्छन्। यी सबैबाट बच्न युवाहरूले कहिले परिवारमा नक्कली श्रीमती परिचय गराउँछन्, कहिले नक्कली विवाह प्रमाणपत्र देखाउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *