बेलारुसमा आणविक हतियार तैनाथ गर्ने पुटिनको भनाइलाई नेटोले खतरनाक भन्यो

काठमाडौं । नेटोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको छिमेकी देश बेलारुसमा आणविक हतियार तैनाथ गर्ने भनाइको निन्दा गरेको छ । नेटोले पुटिनको भनाइलाई ‘खतरनाक र गैरजिम्मेवारपूर्ण’ भनेको छ।
नेटोले उनीहरूले पर्खिरहेको तर रुसको आणविक रणनीतिमा कुनै परिवर्तन नभएको बताएको छ ।
यसैबीच युक्रेनका विषयमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइएको छ । युक्रेनी सुरक्षा अधिकारीहरूले रूसले बेलारुसलाई आणविक बन्धक बनाएको आरोप लगाएका छन्।
युक्रेनको राष्ट्रिय रक्षा परिषद्का सचिव ओलेक्सी डानिलोभले यो कदमले बेलारुसलाई अस्थिर बनाउने र यसको सार्वभौमसत्ता खोस्ने बताए।
प्रतिक्रिया
Facebook Comment