समुद्री मार्गबाट इटाली जान लागेका २९ आप्रवासीको डुंगा पल्टिँदा मृत्यु
काठमाडौं । ट्युनिसियाको तटीय क्षेत्रमा दुईवटा डुङ्गा पल्टिँदा कम्तीमा २९ आप्रवासीको मृत्यु भएको छ । यी सबै आप्रवासीहरू भूमध्यसागर पार गरेर इटाली पुग्ने प्रयास गरिरहेका थिए।
ट्युनिसियाको तटमा हालैको समयमा डुङ्गा डुबेको यो पछिल्लो घटना हो। पछिल्लो चार दिनमा अहिलेसम्म पाँचवटा डुङ्गा डुबेको घटना सार्वजनिक भएको छ ।
ट्युनिसियाले बिना कागजात इटाली जाने आप्रवासीमाथि कारबाही गरेको यो पहिलो घटना हो।
इटालीका अधिकारीहरूले पछिल्लो २४ घण्टामा दक्षिणी इटालीको लाम्पेडुसा टापुमा रेकर्ड २,५०० आप्रवासी आइपुगेको बताएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment