समुद्री मार्गबाट इटाली जान लागेका २९ आप्रवासीको डुंगा पल्टिँदा मृत्यु

काठमाडौं । ट्युनिसियाको तटीय क्षेत्रमा दुईवटा डुङ्गा पल्टिँदा कम्तीमा २९ आप्रवासीको मृत्यु भएको छ । यी सबै आप्रवासीहरू भूमध्यसागर पार गरेर इटाली पुग्ने प्रयास गरिरहेका थिए।
ट्युनिसियाको तटमा हालैको समयमा डुङ्गा डुबेको यो पछिल्लो घटना हो। पछिल्लो चार दिनमा अहिलेसम्म पाँचवटा डुङ्गा डुबेको घटना सार्वजनिक भएको छ ।
ट्युनिसियाले बिना कागजात इटाली जाने आप्रवासीमाथि कारबाही गरेको यो पहिलो घटना हो।
इटालीका अधिकारीहरूले पछिल्लो २४ घण्टामा दक्षिणी इटालीको लाम्पेडुसा टापुमा रेकर्ड २,५०० आप्रवासी आइपुगेको बताएका छन्।
प्रतिक्रिया
Facebook Comment