१७ जना बालकलाई लोभ्याएर यौनशोषण, समातिएपछि नक्कली वीर्य प्रयोग गरेर बलात्कारको आरोप !

डिसी नेपाल
१३ चैत २०७९ १५:०४

काठमाडौं । १७ जना किशोर तथा बालकहरूलाई यौन शोषण गरेको आरोप लागेकी एक इन्डोनेसियाली महिलाले आफूलाई बलात्कारको शिकार भएको देखाउनका लागि नक्कली वीर्य प्रयोग गरेको पाइएको छ ।

स्थानीय न्युज आउटलेट कोकोनट्सका अनुसार २५ वर्षीया युआनिता सारी अङ्ग्रेनीले आफ्नो प्लेस्टेशन भाडाको कारोबार मार्फत ८ देखि १५ वर्ष उमेरका बालकहरूलाई आफ्नो घरमा ल्याइन् र त्यसपछि उनीहरूसँग यौन क्रियाकलापमा संलग्न भएकी थिइन् ।

प्रहरीका अनुसार युआनिताले पछि दावी गरेकी थिइन् कि ती १७ जनामध्ये आठ जना केटाले उनलाई बलात्कार गरेका थिए। आउटलेटले रिपोर्ट गरेको छ कि उनले पुलिसलाई चिथोरिएका घाउहरू पनि देखाइन् र केटाहरूले उनलाई बलात्कार गरेको कारण घाउ भएको बताइन् ।

उनले पुलिसलाई वीर्यको नमूना पनि दिएकी थिइन् र यो वीर्य तिनै केटाहरूको भएको बताइन्। यद्यपि, प्रहरीले एक विज्ञप्ति जारी गर्दै विज्ञलाई उद्धृत गर्दै यो वीर्य पनि नभएको बताएको छ।

“[युआनिता] बाट संकलन गरिएको वीर्यको नमूना [केटाहरूको] वीर्य थिएन। यो अर्को तरल पदार्थ थियो, जसलाई एक विशेषज्ञ साक्षी [नमूनाको विश्लेषण गर्ने] द्वारा पुष्टि भयो,” जाम्बीका प्रहरी प्रमुख इको वाहुदीले भने । युआनिताको शरिरमा लागेको चोट आफैले लगाएको प्रहरीले जनाएको छ ।

युआनिताका पतिले उनको गिरफ्तारी पछि उनको बारेमा लागेका आरोप स्वीकार गरे। उनले भने कि युआनिताले यदि उनले उनको सेक्स अस्वीकार गरे भने उनीहरूको सानो बच्चालाई “काट्ने” धम्की दिएकी थिइन् ।

अघिल्लो रिपोर्टहरूले भनेका थिए कि १२ र १४ वर्षका दुईजना केटाहरूलाई युआनिताले सेक्स गर्न बाध्य पारेकी थिइन् । यसका लागि उनले पहिले ती २ जना केटाहरूलाई सेल फोनमा पोर्न फिल्म हेर्न बाध्य पारेकी थिइन् । केटाहरूलाई यौन सम्बन्धको लागि उक्साउन यसो गरिएको थियो ।

युनितालाई गत महिना यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरिएको थियो । कोकोनट्सले रिपोर्ट गरेको छ कि इन्डोनेसियामा बाल यौन दुर्व्यवहारको एक आरोप पुष्टी भएमा १५ वर्षसम्म कैद सजाय हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *