म्यानमारका सेना प्रमुखले भने-हाम्रा विरोधीहरू आतङ्कवादी हुन् उनीहरूलाई कुल्चिनेछौं

डिसी नेपाल
१३ चैत २०७९ १६:१७
80
Shares

काठमाडौं । म्यानमारको सैन्य सरकारका प्रमुख जनरल मिन आङ लाइङले आफ्नो फोर्सविरुद्ध लडिरहेका समूहहरू आतंकवादी भएको बताएका छन्। उनले यस्ता समूह विरुद्ध निर्णायक कारबाही गरिने बताए ।

सेनाको वार्षिक परेडमा मिन आङ लाइङले भने, “मानव अधिकारको मुद्दा र २०२१ मा भएको कूको विषयमा हाम्रो आलोचना गर्ने देशहरू सबै आतंकवादका समर्थक हुन्।” यस परेडमा सहभागी धेरै सैन्य एकाइहरूमा नरसंहारको आरोप पनि छ।

यो परेड सेना स्थापनाको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो । दोस्रो विश्वयुद्धको बेला जापानसँग लड्न सन् १९४५ मा म्यानमार सेना गठन भएको थियो ।

आङ लाइङ २०२१ मा सत्तामा आएका थिए । सेना सत्तामा आएदेखि मुलुकमा गृहयुद्धको अवस्था छ । यो संघर्षमा अहिलेसम्म हजारौंले ज्यान गुमाएका छन् भने लाखौं घरबारविहीन भएका छन् ।

जनरल मिन आङ लाइङले भने, “शासनको विरोध गर्नेहरू, म्यानमारको सेनाले उनीहरूविरुद्ध युद्ध जारी राख्नेछ, जे भए पनि।” लाइङले म्यानमारमा चुनाव गराउने कुरा पनि गरे । लाइङले भने, ‘निर्वाचन हुने र विजयी दललाई सत्ता हस्तान्तरण गरिने छ ।’

तर, म्यानमारमा जारी द्वन्द्वलाई ध्यानमा राख्दै उक्त देशमा कहिले चुनाव हुन्छ भन्ने स्पष्ट छैन ।

हालै अमेरिकाले नरसंहारको आरोपमा म्यानमारको सेनामाथि फेरि प्रतिबन्ध लगाएको छ । यद्यपि म्यानमारले रुस र चीनजस्ता देशसँग मिलेर काम गरिरहेको छ ।

सैनिक परेडमा रुस र चीनका अधिकारीहरुको पनि उपस्थिति रहेको थियो । योसँगै रुस र चीनबाट ल्याइएको हतियार पनि परेडमा प्रदर्शन गरिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *