बढ्न थाल्यो कोरोना, थप ६९ जनामा संक्रमण पुष्टि
काठमाडौं। नेपालका पछिल्ले समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।
स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
४ सय ८८ पीसीआर परिक्षणका क्रममा २५ जना र ७ सय ७८ एन्टीजेन परिक्षणका क्रममा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १ जना कोरोनामुक्त भएका छन्। हाल नेपालमा कोरोनाका संक्रिय संक्रमित ६६ जना रहेको मन्त्रालयले जानकारी दिएको छ
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment