आजको मौसम : तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको संभावना

डिसी नेपाल
१४ चैत २०७९ ६:२६

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले प्रि-मनसुनको समय भएकाले चट्याङ र हावाहुरीबाट सावधानी अपनाउन आग्रह गरेको छ।

विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। त्यसक्रममा मेघगर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको हो।

अहिले नेपालमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशीका पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सफा छ।

दिउँसो देशभरको पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान छ। कोशी, वागमती र गण्डकीका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी इलाकामा मौसम सफा रहने छ। कोशी र गण्डकीका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *