अभिनेत्री आकांक्षाको मृत्यु मामिलामा गायकविरुद्ध हत्या आरोपमा उजुरी दर्ता
काठमाडौं । भोजपुरी अभिनेत्री आकांक्षा दुबेको मृत्युपछि उनकी आमाको उजुरीमा वाराणसीको सारनाथ प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको छ ।
यस एफआईआरमा अभिनेत्रीकी आमा मधु दुबेले भोजपुरी गायक समर सिंह र उनका भाइ सञ्जय सिंहमाथि आफ्नी छोरीको ‘हत्या’ गरेको आरोप लगाएकी छन् । तर, प्रहरीका अनुसार प्रारम्भिक दृष्टिले यो ‘आत्महत्या’ भएको देखिन्छ ।
सारनाथका एसीपी ज्ञान प्रकाशले भने, “आकांक्षा दुबेको मामला पहिलो नजरमा आत्महत्या हो। यस सम्बन्धमा उनकी आमा मधु दुबेको उजुरीको आधारमा सारनाथ प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको छ ।”
एसीपी प्रकाशका अनुसार, ‘यस मुद्दामा उनीहरुले समर सिंह र सञ्जय सिंहलाई आरोपी बनाएका छन् । यस विषयमा थप कारबाही भइरहेको छ ।”
आकांक्षा दुबे आइतबार वाराणसीको एक होटलमा मृत फेला परेकी थिइन् । उनी एक फिल्मको सुटिङको सिलसिलामा वाराणसीमा रहेको बताइएको छ ।
आकांक्षा दुबेकी आमा मधु दुबेले भोजपुरी गायक समर सिंह र उनका भाइ सञ्जय सिंहले अभिनेत्री छोरीलाई दुव्र्यवहार र आर्थिक शोषण गरेको आरोप लगाएकी छन् ।
उजुरीमा उनले आफ्नी छोरीलाई काम गर्न लगाइए पनि पारिश्रमिक नदिइएको आरोप लगाएकी छिन् ।







डिसी नेपाल







Facebook Comment