अफगानिस्तानको काबुलमा परराष्ट्र मन्त्रालय नजिक आत्मघाती आक्रमण, ६ जनाको मृत्यु

डिसी नेपाल
१४ चैत २०७९ ११:३२
44
Shares

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती विस्फोटमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । काबुलका प्रहरी अधिकारीहरूले उक्त विस्फोट परराष्ट्र मन्त्रालय नजिक भएको बताएका छन् ।

मारिने सबै सर्वसाधारण सर्वसाधारण रहेको प्रहरी अधिकारीहरुले जनाएका छन् । विष्फोटमा १२ जना घाइते भएको उनले बताए ।

काबुलको जुन भागमा विस्फोट भएको थियो, त्यहाँ कडा सुरक्षा गार्ड राखिएको छ । अफगानिस्तान सरकारका धेरै कार्यालयहरू यहाँ छन्। यस क्षेत्रमा धेरै विदेशी दूतावासहरू पनि छन्।

आक्रमणको पछाडि कुन संगठनको हात रहेको भन्ने अझै स्पष्ट भइसकेको छैन । स्थानीय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विस्फोटको आवाज निकै ठूलो भएको बताएका छन् ।

जनवरी महिनामा अफगानिस्तानको विदेश मन्त्रालयमा पनि विस्फोट भएको थियो । यसमा धेरैको ज्यान गएको थियो । जनवरीमा भएको विस्फोटको जिम्मेवारी आइएसआईएसले लिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *