अरुणाचलमा जी-२० बैठकबाट किन टाढिए चिनियाँ अधिकारी, चीनले के भन्यो ?
काठमाडौं । अरुणाचल प्रदेशमा भएको जी-२० बैठकमा चिनियाँ अधिकारीहरू सहभागी नभएको रिपोर्टमा चीनले प्रतिक्रिया दिन अस्वीकार गरेको छ। यो जी-२० को ‘गोप्य’ बैठक थियो।
सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङलाई चिनियाँ अधिकारीहरु यस बैठकबाट टाढा रहेको खबरबारे प्रश्न सोधिएको थियो।
समाचार एजेन्सी पीटीआईका अनुसार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको यो प्रश्नको जवाफमा उनले भने, ‘तपाईंले के भन्दै हुनुहुन्छ भन्ने मलाई थाहा छैन । मैले मेरा सहकर्मीहरूबाट यस बारे जानकारी लिनुपर्छ।’
यो प्रश्न र यसमा चिनियाँ प्रवक्ताको जवाफ चिनियाँ विदेश मन्त्रालयले मिडियालाई दिएको आधिकारिक ट्रान्सक्रिप्टमा समावेश गरिएको छैन। पछि उक्त ट्रान्सक्रिप्ट चीनको परराष्ट्र मन्त्रालयको वेबसाइटमा पोस्ट गरिएको थियो।
वास्तवमा, अरुणाचल प्रदेशको राजधानी इटानगरमा जी-२० देशहरूको बैठक बसेको भारतीय मिडियामा खबर आएको छ। तर चिनियाँ अधिकारीहरूले यसमा भाग लिएनन्।
चीनले अरुणाचल प्रदेशमा भारतको सार्वभौमसत्तालाई मान्यता दिँदैन। चीनले अरुणाचल प्रदेशमा आफ्नो अधिकार रहेको र यो दक्षिण तिब्बतको हिस्सा भएको दाबी गरेको छ । तर, भारतमा भइरहेको जी–२० बैठकलाई चीनको पूर्ण समर्थन प्राप्त भएको छ ।
चिनियाँ विदेशमन्त्री किन गाङ जी-२० देशका विदेशमन्त्रीहरूको बैठकमा भाग लिन यस महिनाको सुरुमा भारत आएका थिए। २ मार्चमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि भेट भएको थियो ।







डिसी नेपाल







Facebook Comment