उमराहका लागि मक्का जाँदै गरेको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

डिसी नेपाल
१५ चैत २०७९ ११:४७
76
Shares

काठमाडौं । साउदी अरबको मक्का जाँदै गरेको बस असिर प्रान्तमा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएको साउदीको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

यद्यपि मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । उक्त बसमा उमराह तीर्थयात्री रहेको बताइएको छ । यसमा सवार व्यक्ति साउदी अरबका साथै अन्य देशका बासिन्दा थिए ।

सरकारबाट प्राप्त रिपोर्ट अनुसार देशको दक्षिणपश्चिममा अवस्थित असिर प्रान्तको अकाबात शारबाट १४ किलोमिटर टाढा पुलसँग ठोक्किएर बस पल्टिएको हो । त्यसपछि बसमा आगो लागेको थियो ।

न्युज च्यानल अल अरेबियाले बसको ब्रेक फेल भएर दुर्घटना भएको र पुलसँग ठोक्किएर बसमा आगो लागेको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *