गठबन्धनमा भागबण्डा मिल्यो, भोलि मन्त्रिपरिषद विस्तार हुने
काठमाडौं। सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाएको छ। मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डा गर्न बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले दलहरूबीच मन्त्रालय बाँडफाँटको टुंगो लगाएको छ।
भागबण्डा अनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आमजनता पार्टीलाई १, जनमतलाई एक राज्यमन्त्रीसहित २, नेसपालाई १ मन्त्रालय बाँडफाँटको सहमति जुटेको बैठकमा सहभागी जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।
कुन पार्टीलाई कुन मन्त्रालय भन्नेबारे यकिन भइनसकेको उनले बताए । बिहीबार मन्त्रिपरिषद् विस्तार गरी मन्त्रीहरूलाई शपथग्रहण पनि गराउने तयारी भएको श्रेष्ठले जानकारी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment