सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु

डिसी नेपाल
१५ चैत २०७९ १९:५२
200
Shares

काठमाडौं। सेतो मच्छिन्द्रनाथको रथजात्रा बुधबारबाट सुरु भएको छ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ। जात्राको पहिलो दिन काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुराइन्छ।

दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ। तेस्रो अथवा अन्तिम दिन हनुमानढोकाबाट लगनसम्म पु¥याइन्छ।

मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन रहेको व्यवस्थापन समितिले जनाएको छ। बुधबारबाट सुरु भएको रथजात्रा ३ दिनमा सम्पन्न हुन्छ।

तीनधारा पाठशालाबाट सुरु भएको रथजात्रा जनवहालमा पुगेर सम्पन्न हुन्छ। मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन छ। मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ।

पानी, सहकाल र दिर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *