हिमाल सफाइमा लागेको टोलीलाई सहयोग

डिसी नेपाल
१६ चैत २०७९ २३:३४
12
Shares

पोखरा। अन्नपूर्ण हिमालको सफाइका लागि जान लागेको नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाले रु १५ लाख सहयोग गर्ने भएको छ ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले सफाइ टोलीको नेतृत्व गर्नुभएका क्या।भीमबहादुर भुजेललाई महानगरपालिकाको लोगो अङ्गित झण्डा हस्तान्तरण सो सहयोग गर्न जानकारी दिए । प्रमुख आचार्यले पोखराको पहिचानसँग जोडिएका हिमालको सफाइ अभियानमा पोखरा महानगरपालिका साथ मै रहेको बताए ।

“पोखरा माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरि लगायतका हिमश्रृङ्खलाको काखमा रहेको सहर हो । हिमाल विनाको पोखरा हामी कल्पनासम्म पनि गर्न सक्दैनौँ”, आचार्यले भने । पछिल्लो समय हिमालमा बढेको मानवीय गतिविधिका कारण वातावरण प्रदूषण गम्भीर चिन्ताको विषय भएको उनको भनाइ थियो ।

नेपाली सेनाको पश्चिम पृतना विजयपुरका पृतनापति दीपककुमार बानियाँले नेपाली सेनाको स्वच्छ हिमाल अभियानअन्तर्गत यस वर्ष अन्नपूर्ण हिमालको सफाइ गर्न लागिएको बताए । हिमाल र ती हिमालको आधारशिविरमा बढीरहेको मानवीय क्रियाकलापका कारण थुप्रिएको फोहर व्यवस्थापन वातावरणीय दृष्टिकोणले पनि चुनौती र चिन्ताको विषय बनिरहेको उनले उल्लेख गरे।

सगरमाथाबाट सुरु गरिएको सफा हिमाल अभियानलाई आठ हजार मिटरभन्दा माथिका सबै हिमालमा सञ्चालन गरिने उपरथी बानियाँले बताए ।

यसअघि नेपाली सेनाले २०२१ मा धौलागिरि र सन् २०२२ मा मनास्लु हिमालको सफाइ गरिसकेको छ । अन्नपूर्ण हिमाल आरोहण गर्ने बढ्नु र हिमालमा धेरै फोहर थुप्रिदा शेर्पाको सुझावका आधारमा १० जनाको टोलीले सफाइ अभियान सञ्चालन गर्न लागेको जनाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *