सर्लाहीमा लागूऔषधसहित शिक्षक पक्राउ

डिसी नेपाल
१८ चैत २०७९ १८:२०
68
Shares

सर्लाही । सर्लाहीमा लागूऔषधसहित शिक्षक पक्राउ परेका छन् । ईश्वरपुर नगरपालिका-१५ मा रहेको राजदेवी बोडिङ स्कुलका शिक्षक राजा हुसेन विद्यालय परिसर भित्रबाटै लागूऔषधसहित पक्राउ परेका हुन् ।

सोही विद्यालयमा कार्यरत अर्का शिक्षकसंग झै–झगडा तथा विवाद गर्न थालेपछि तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।शरीरमा तलासी लिँदा उनीबाट नाइट्राभेट–१२ ट्याब्लेट, लागूऔषध गाँजा बरामद गरेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *