आगामी बुधबार मनकामना केबलकार बन्द हुने
काठमाडौँ। मनकामनाको केबलकार एक दिनको लागि बन्द हुने भएको छ । केबुलकारको टावर मर्मतसम्भार कार्यका लागि यही चैत २२ गते बुधबार १ दिनका लागि बन्द गर्न लागेको हो।
केबलकार टावरको मर्मतसम्भार सकिएलगत्तै चैत २३ गते बिहीबारबाट केबलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ। उक्त अवधिभरि केबलकार बटम स्टेसनमा रहेको रेस्टुरेन्ट सेवा भने यथावत् रहनेछ।
कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरोन्नति गरेको छ। यसका साथै यसबाट यात्रुमा पर्न जाने असुविधाका लागि कम्पनीले क्षमा मागेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment