ट्याङ्कीमा शव भेटिएपछि खानेपानीको वैकल्पिक व्यवस्था

डिसी नेपाल
२० चैत २०७९ १३:४१
148
Shares

तनहुँ। जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित पीपलटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खानेपानी ट्याङ्कीमा महिलाको शव भेटिएपछि वैकल्पिक खानेपानीको व्यवस्था गरिएको छ। सोही वडाको ढाडखोला मुहानबाट ल्याइएको पानी ट्याङ्कीमा सङ्कलन गरी वितरण हुँदै आएकामा अहिले सिधै पाइपबाट बस्तीमा पानी वितरण गरिएको हो।

नौ वटा धाराबाट एक सय ३८ घरधुरीमा वैकल्पिक किसिमले पानी वितरणको व्यवस्था मिलाइएको पीपलटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सन्देश अधिकारीले जानकारी दिए। गण्डकी प्रदेशका खानेपानी मन्त्रालयबाट रू तीन लाख ७० हजार बराबरको खानेपानी पाइप तत्काल उपलब्ध भएपछि पानी वितरणमा सहज भएको उनले बताए।

दुई लाख २५ हजार घनमिटर क्षमताको खानेपानी ट्याङ्कीमा महिलाको शव भेटिएपछि केही दिन पानीको समस्या भएको थियो। पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षीया शान्ति श्रेष्ठको शव यही चैत १२ गते बिहान खानेपानीको ट्याङ्कीमा मृत अवस्थामा भेटिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *