कोटेश्वर, बल्खु र बसुन्धरामा सवारी दुर्घटना हुँदा तीनको मृत्यु

डिसी नेपाल
२० चैत २०७९ २२:४१
14.4k
Shares

काठमाडौं। काठमाडौंको कोटेश्वर, बल्खु र बसुन्धरामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित सडकमा बागमती प्रदेश ०२–००२२ प २६८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सिन्धुपाल्चोकका ३५ वर्षीय हरिशरण अधिकारीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा आज बिहान काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यस्तै, काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित सडकमा बागमती प्रदेश ०३–००१ ख १७१५ नम्बरको ट्रक र बीए एए ९८३५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक अर्घाखाँचीका ३४ वर्षीय भुपती पाण्डेको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा बयोधा अस्पताल बल्खुमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सङ्लग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, काठमाडौँ महानगरपालिका–३ बसुन्धारास्थित सडकमा बा १९ च ३३०८ नम्बरको हात्ती गाडीले बागमती प्रदेश ०२– ०४० प २१०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुर्खेतका २७ वर्षीय उपेन्द्र बुढाको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल बसुन्धारामा गए राति मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *