डाइभर्सनकाे कामले सिद्धबाबा सडक क्षेत्र मंगलबारदेखि अवरुद्ध हुने

डिसी नेपाल
२१ चैत २०७९ ६:४२
88
Shares

भैैरहवा। बुटवल पाल्पा सिद्धवावा सडक मंगलवारदेखि अबरुद्ध हुने भएको छ।

सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ कर्पोरेसनले रामा पिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाईभर्सनको कार्य सुरु गरेकाले दैनिक दुइ पटक दिउसो र राति सडक अबरुद्ध हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले बताए।

सुरुङ मार्ग निमार्णका क्रममा सडक माथिवाट खुकुला ढुङ्गाहरु पहरोबाट झरी कार्य गर्न जोखिम भएकाले खुकुला ढुंगाहरु खसाल्न सडक यातायात आवागमन बन्द गर्ने निर्णय भएको र बन्दका समयमा बैकल्पिक सडक प्रयोग गर्न पनि प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन्।

सोमबार सरकोकारवाला निकायसँगको बैठकले राष्ट्रिय महत्वको सुरुङ मार्ग निर्माणमा सहजीकरण गर्न आवश्यक देखिएकोले मंगलबार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म र राति १० बजेदेखि विहान ४ बजेसम्म अर्को सूचना जारी नहुँदासम्म सवारी साधन आवतजावत बन्द गरी सुरक्षित साथ कार्य गर्न स्वीकृति दिने निर्णय गरेको प्रजिअ पोण्डेयले जानकारी दिए।

सडक अबरुद्धका समयमा बेलवास-दोभान सडक खण्ड बैकल्पिक रुपमा प्रयोग गर्न पनि बैठकले आग्रह गरेको छ। साना तथा निजी गाडीहरु र अत्यावश्यक सवारी साधनहरुलाई उक्त बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

साथै उक्त सडकलाई ब्यवस्थित रुपमा संचालन गर्नका लागी आवश्यक पुर्वाधार मर्मत कार्य गर्न परियोजनालाई आग्रह गरेको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयको अध्यक्षतामा बसेको बैठकमा रुपन्देहीका सुरक्षा निकाय, यातायात ब्यावसायी, संचारकर्मीलगायतको सहभागीता रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *