तारकेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
काठमाडौँ। तारकेश्वर नगरपालिका-१० बाट लोकतान्त्रिक चोकबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ।
लोकतान्त्रिक चोकस्थित राम कुमार लुङ्गेलीको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका मनमैजु बस्ने २७ वर्षीय लोकेश विक समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ५ सय २५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment