त्रिभुवन विमानस्थलमा ट्याक्सी चालक आन्दोलनमा

डिसी नेपाल
२१ चैत २०७९ १४:३६
704
Shares

काठमाडाैं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महंगाे भएको भन्दै ट्याक्सी चालकहरुले विरोध जनाएका छन्।

विमानस्थलमा पार्किङ गरेपछि न्युनतम नै ८० रुपैयाँ तिर्नुपरेकाले न्युनतम पार्किङ शुल्क कायम गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध प्रदर्शन गर्दै केहीबेर सेवा बन्द गरेका हुन्।

पार्किङ भाडा बढाएका कारण आफूहरु मारमा परेको उनीहरुले गुनासो गरेका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, एयरपोर्ट मिटर ट्याक्सी इकाइ समितिका अध्यक्ष दिलबहादुर शाक्यले विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महंगाे भएको र आफूहरुमाथि ज्यादती गरेको भन्दै सेवा बन्द गर्नुपरेको बताए।

विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ। यसअघि २० रुपैयाँ लिने गरेकोमा अहिले ८० रुपैयाँ लिएको र यसबाट सर्वसाधारणसँगै महंगाे भाडा लिनुपरेको मजदुरहरुले जनाएका छन्।

यस बिषयमा धेरै पटक पत्रचार गर्दा पनि सम्बन्धी निकायले कुनै सुनुवाई नगरेकाले बाध्य भएर आन्दोलन गनुपरेको उनीहरुले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *