सहकारी महासम्मेलन चैत २३ गतेदेखि २५ सम्म काठमाडौंमा हुने
काठमाडौं। सहकारीको दिगोपनका लागि स्वनियम तथा सुशासन भन्ने मूल नाराका साथ तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन चैत २३ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघ नेपालको संयुक्त आयोजनामा हुने महासम्मेलन चैत्र २५ गतेसम्म चल्ने छ।
यस महासम्मेलनमा ११ वटा विषयमा व्यापक छलफल हुनेछ । जसमा पूर्व अर्थमन्त्री, मन्त्रीहरु, पुर्व गभर्नर, सचिवहरुसहित अन्तराष्ट्रिय सहकारी विज्ञहरुको प्रस्तुति रहने छ।
साथै, अस्ट्रेलिया, जापान, भारत लगायतका विज्ञहरुको पनि मुख्य प्रस्तुति महासंघका अध्यक्ष मीनराज कँडेलले जानकारी दिए।
महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा प्रत्येक ५ र ५ वर्षमा राष्ट्रिय सहकारी महासम्मेलन हुदै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment