बलियो नेपाल यू-१९ क्रिकेट बुधबारबाट

डिसी नेपाल
२२ चैत २०७९ १५:०५
436
Shares

काठमाडौँ। बलियो नेपाल यू–१९ क्रिकेट प्रतियोगिता आज (बुधबार)बाट सुरु भएको छ । बलियो नेपाल न्युट्रीसन इनिसीएटिभको आयोजनामा हुने प्रतियोगिता पोखरा स्थित पोखरा क्रिकेट रंगशालामा आयोजना भएको हो ।

चैत २७ गतेसम्म  चल्ने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ। सहभागी टोलीहरु इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेम, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी तथा पल्सर क्रिकेट एक्सिलेन्स सेन्टरले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराइनेछ। प्रतियोगिता टी–ट्वान्टी फर्म्याटमा आयोजना हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *