अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

डिसी नेपाल
२२ चैत २०७९ १५:३०

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार डिस्चार्ज भएका छन् ।

गत शनिबार पेटमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर उपचार गराएका राष्ट्रपति पौडेल बुधबार डिस्चार्ज भएका हुन् ।

उपचारमा संलग्न चिकित्सकका अनुसार  राष्ट्रपति पौडेलको छातीमुनि पेट र बाँया कोखा दुख्ने समस्या भएको र निको भएपछि बुधबार डिस्चार्ज गरिएको हो। राष्ट्रपति पौडेल अस्पतालबाट राष्ट्रपति भवन शीतल  निवास गएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *