मनपरीरुपमा यात्रु ओसार्ने निजी सवारीलाई कारबाही गर्न गृहको निर्देशन
काठमाडौं। गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन दिएको छ।
मन्त्रालयले आज सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन दिएको हो।
यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आफूखुसी भाडा तोकेर यात्रु ओसार गर्ने सवारीमाथि कारबाही गर्न गृह मन्त्रालयसँग आग्रह गरेको थियो।
महासङ्घले मङ्गलबार आफूखुसी भाडा तोकी देशभर निर्विवाद यात्रु ओसार गर्ने गरेको पाइएको भन्दै त्यस्ता गाडीलाई कारबाहीका लागि सम्बन्धित क्षेत्रलाई निर्देशन दिन आग्रह गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment