जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

डिसी नेपाल
२३ चैत २०७९ ११:०७
100
Shares

सुर्खेत। वीरेन्द्रनगरबाट जुवातास खेलिरहेको अवस्थामा ८ जलाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका-९ बस्ने ४२ वर्षीय दावा गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ७५ रूपैयाँ र मोबाइल ७ थानसहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *