मस्जिदको विषयमा कुटाकुट, दुई जना गम्भीर
सुधा देव
सप्तरी । सप्तरीमा मस्जिदको विषयलाई लिएर कुटाकुट हुँदा दुईजना गम्भीर घाइते भएका छन् । सप्तरीको शम्भुनाथ नगरपालिका वडा न. १२ सोनमा बस्ने ५३ वर्षीय शोभराति मिया र ७० वर्षीय ईस्लाम मियाबीच मस्जिदको विषयलाई लिएर कुटाकुट हुँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ईस्लाम मियाको शरिरको विभिन्न भागमा चोट लागेको र स्थानीय मो फरसुदको छोरा ११ वर्षीय मो अजादको निधारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिएका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment