भोटमा नेपालीको पराक्रममा प्राज्ञहरुको प्रशंसा

डिसी नेपाल
२४ चैत २०७९ ११:२०
140
Shares

काठमाडौं। बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. त्रिरत्न मानन्धरले नेपाली व्यापारीहरुले भोटमा गरेको पराक्रमले नेपालको राजधानी काठमाडौंको उन्नती प्रगति भएको बताएका छन्।

त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रीय विभागले आयोजना गरेको प्रा.डा. तीर्थप्रसाद मिश्रले लेखेको ‘भोटमा नेपाली पहिचान र पराक्रम’ नामक पुस्तकको बुधबार रसियन कल्चर सेन्टरमा विमोचन गर्दै मानन्धरले सो कुरा बताएका हुन्।

उनले भोटमा नेपाली व्यापारीहरुको बर्चस्व रहेको बेलाको विगत हेर्दा नेपालीहरु अन्तर्राष्ट्रिय व्यवपारमा पोख्त रहेको पुष्टि हुने बताए।

पुस्तकमाथि टिप्पणी गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. नवीन प्रकाशजंग शाहले भोट र नेपालबीचको सम्बन्धको बारेमा डा. मिश्रले लेखेको पुस्तकले नेपालीहरुले गौरवान्वित हुने अवसर जुरेको बताए।

पुस्तकको टिप्पणी गर्दौ प्रा.डा. राजकुमार पोखरेलले पुस्तकले नेपाली व्यापारीहरुले भोटमा व्यापार गर्न राम्रो अवसर पाएको र भोटले नेपाली व्यापारीहरुलार्ई कोठी खोल्ने सुविधाहरु दिएर नेपालको मुद्रा समेत भोटमा चल्ने अवस्था सृजना हुनुलाई नेपालको राष्ट्रिय पहिचानका लागि यो पुस्तक एउटा दस्तावेज नै भएको बताए।

पुस्तकका बारेमा लेखक प्रा. डा. तीर्थप्रसाद मिश्रले सबैको साथ र सहयोगले नियमित रुपमा पुस्तक लेख्ने हौसला प्राप्त भएको बताए। मिश्रको पुस्तक प्रकाशन संयोजक मिलिजुली प्रकासन समूहले गरेको छ।

प्राध्यापक मिश्रले पुस्तकको माध्यमबाट नेपाल र भोटको सम्बन्धका बारेमा उजागर गरेर अहिलेको तिब्बतसँगको हाम्रो सम्बन्धलाई पुरानो संझनाका आधारमा नियमित र सक्रिय बनाउन सहयोग पुगोस भन्ने चाहेको बताए।

दुई दर्जनभन्दा बढी पुस्तक लेख्नु भएका डा. मिश्रले पछिल्लो समय कोरोनाको कहरको बेला कोरोनाको प्रभाव र आफ्नो जीवनको कथासंग जोडेर दुईबटा पुस्तक सार्वजनिक गरिसकेका छन्।

कार्यक्रमको सभापतित्व इतिहास केन्द्रीय विभागका विभागीय प्रमुख विष्णु सापकोटाले गरेका थिए भने उद्घोषण प्रा. डा. घनश्याम भट्टराईले गरेका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *