न्यायाधीश भुवन गिरी पक्राउ

डिसी नेपाल
२८ चैत २०७९ १६:०४
8.8k
Shares

काठमाडौं । प्रहरीले न्याय परिषदमा कार्यरत न्यायाधीश भुवन गिरीलाई पक्राउ गरेको छ। उनलाई मंगलबार प्रहरीले सामाखुशीबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध वैवाहिक जबरजस्ती करणी मुद्दा परेपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जिल्लाअदालतसमक्ष अनुसन्धानका लागि पक्राउ पुर्जी माग गरेको थियो।

जसअनुसार अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको हो । श्रीमती आरती रावलले आफूमाथि वैवाहिक बलात्कार भएको भन्दै कपिलवस्तु प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा न्यायाधीश गिरीलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसअघि शैक्षिक प्रमाणपत्र नक्कली रहेको लगायतका विषयमा न्यायाधीश गिरीकी पत्नी रावलविरुद्ध पनि बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *