१२ कक्षासम्म निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्छः माधव नेपाल
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको शिक्षा प्रणालीलाई समयसापेक्ष सुधार गर्दै लैजानुपर्ने बताएका छन्।
मंगलबार काठमाडौंमा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनलेको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले शिक्षा प्रणालीमा सुधार गर्नका लागि प्रधानमन्त्री र शिक्षामन्त्री आफैँ अग्रसर हुनुपर्नेमा जोड दिए।
उनले १२ कक्षासम्म निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्ने भन्दै सीपयुक्त र व्यावहारिक शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए। उनले नैतिक शिक्षा नहुनाले सामाजिक मर्यादा बिर्सन थालेको उल्लेख गर्दै विद्यालय तहमा नैतिक शिक्षालाई अनिवार्य बनाउनुपर्ने बताए।
त्यस्तै उनले अहिलेको सरकारले शिक्षा क्षेत्रलाई उच्चतम प्राथमिकतामा राखेर काम गर्नुपर्ने जिकिर गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment