वक्यौता नतिरेको भन्दै रोल्पा सिमेन्ट उद्योगको विद्युत लाइन काटियो

डिसी नेपाल
४ वैशाख २०८० ११:३४
44
Shares

रोल्पा। रोल्पा समेन्ट उद्योग प्रालिको विद्युत लाइन काटिएको छ। उद्योगले विद्युत महसुलवापत रु आठ करोड ४४ लाख ६ सय ९७ वक्यौता बुझाउन बाँकी रहेको भन्दै विद्युत् लाइन काटेको हो।

रोल्पाको त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा सञ्चालित उक्त उद्योगले वक्यौता नबुझाएको पाइएपछि लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण विद्युत वितरण केन्द्र रोल्पाले जनाएको छ। “पटक–पटक ताकेता गर्दा पनि अटेर गरी महसुल नबुझाएपछि आइतबार लाइन काट्न बाध्य भयौ”, वितरण केन्द्रका कार्यालय प्रमुख आषेश्वर साहले भने।

सिमेन्ट उद्यागेले २०७० साल यता महशुल नबुझाएको रोल्पा वितरण केन्द्रले जनाएको छ। वक्यौता नतिरेसम्म लाइन पुनः जडान नहुने उनको भनाइ छ। रोल्पा सिमेन्ट प्रालि रोल्पामा सञ्चालित सबैभन्दा ठूलो उद्योग हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *