ईटाली, दक्षिण कोरिया लगायतका देशहरूमा पठाईदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

डिसी नेपाल
४ वैशाख २०८० १३:०७
116
Shares

काठमाडौँ। वैदेशिक रोजगारीको लागि ईटाली, दक्षिण कोरिया, न्युजिल्याण्ड तथा पोर्चुगल लगायतका देशहरूमा पठाईदिन्छु भन्दै नगद ६६ लाख ३७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ टाउनप्लानिङस्थित ग्रिनलिफ इन्टरनेशनल कन्सलटेन्सी प्रालि र काठमाडौं ठमेलस्थित नेपाल स्नोफल माउण्टेन्स ट्रेक एण्ड एक्सपेडिसन प्रालिका संचालक कालीकोट सान्नी त्रिवेणी गाउँपालिका-५ घर भएका २८ वर्षीय सुधन कुमार शाही र मेनेजिङ डाईरेक्टर सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका-१ घर भई हाल काठमाडौं टोखा नगरपालिका ग्रिनल्याण्ड बस्ने ३१ वर्षीय अनिल श्रेष्ठ रहेका छन् ।

उनीहरूले २२ जना पीडितलाई सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाईदिन्छु, मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाई हुन्छ र प्रति व्यक्ति ५ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पटकपटक गरी उक्त रकम ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौमा पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *